सत्तारुढ नेकपा एमालेभित्रको समस्या समाधान उन्मुख देखिएपछि कांग्रेस र माओवादी केन्द्रमा निकै छटपटाहट भएको पाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुवास नेम्वाङ र भीम रावल नेतृत्वको बिवाद मिलाउन गठित कार्यदल ब्यूताएर बार्ता अघि बढाएसँगै कांग्रेस र माओवादीमा निकै ठूलो तनाव देखिएको हो ।
कार्यदल बैठक चलिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले बरिष्ठ नेता नेपालको निवासमै पुगेर दिनुभएको ‘थ्रेट’ ले यो कुराको पुष्टि गरेको हो । कार्यदलमा सहमति हुने सूचना पाएर प्रचण्ड जनकपुरको कार्यक्रम छोट्टयाएर काठमाडौं आई बिमानस्थलबाट सोधै माधव निवास पुग्नुभएको थियो । नेपाल निकट एक नेताका अनुसार निवास पुगेपछि प्रचण्डले पहिलो प्रश्न नै ‘कार्यदलमा मिलाउने कुरा पो भइरहेको रहेछ, के भो तपाईलाई ? फेरि त्यही एमालेतिर किन मोह ?’ भन्दै संवाद शुरु गर्नुभएको थियो ।
पछिल्लो समय बिपक्षी गठबन्धनको बार्तामा नजान आफ्नै समुहबाट चर्काे दवाव परेपछि नेपालको सक्रियता घटेको र यही बेला कार्यदलले संयुक्त बक्तब्य जारी गर्न मस्यौदा गरेको बिषय उठान गर्दै प्रचण्डले माधवलाई धम्क्याउनेसम्मको काम गरेको ती नेताले बताए । ‘फेरि किन कार्यदलमा छलफल भन्या माधव कमरेड ? ओलीसँग मिल्ने कुरै नगर्नाेस क्या, त्यो ठीक भएन, अव एमाले फर्कने कुरै नगर्नाेस,’ माधवलाई प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘तपाईको चाला ठीक छैन भनेरै म एअरपोर्टबाट सिधै यता आएको, त्यो कार्यदलमा केही छलफल नगर्नाेस, हामीलाई धोका दिनुभयो भने तपाईलाई राम्रो हुन्न, हामी त बर्वाद हुन्छौं ।’
नेपाल निकट स्रोतका अनुसार आजको छलफलमा प्रचण्डले एमाले नमिल्ने कष्टमा मात्रै सर्वाेच्चले प्रतिनिधिसभा ब्यूँताउने भन्दै माधवले सहमति गरे अदालतबाट संसद बिघटन नै सदर हुने ठोकुवासमेत गर्नुभएको थियो । नेता नेपालले भने आफ्नो समुहका अधिकांश नेताहरु पछिल्लो समय एमालेमै रहने अडानमा रहेको र एमाले अध्यक्ष ओलीसमेत निकै लचिलो भएको कारण कार्यदलले गहन छलफल गरी निश्कर्षमा पुग्ने अवस्था बनेको बताउनु भएको स्रोतको भनाई छ । नेपालको कुरा सुनेपछि प्रचण्डले पुनः एमालेतिर नफर्कन र संसद पुनःस्थापनापछि देउवाको अवस्था प्रधानमन्त्री बन्ने नरहेकोले माधवलाई नै प्रधानमन्त्रीमा दावीका लागि आफूहरुले हस्ताक्षर गरिदिने बचनसमेत दिनुभएको स्रोतको भनाई छ । आजको छलफलमा नेता नेपाल भने आफ्नो भन्दा प्रचण्डकै कुरा सुनेर बस्नुभएको ती नेताले बताए ।
‘प्रचण्डले प्रधानमन्त्री बनाइ दिने आश्वासनदेखि ठीक हुन्न भनेर धम्कीको भाषासमेत बोल्नुभयो, माधव कमरेडले आज आफ्नो कुरा केही गर्नुभएन, भीम रावलसहितको कार्यदलले जे निर्णय गर्छ, त्यही हुन्छ भन्नुभयो,’ नेपाल ती नेताले भने । एमाले अध्यक्ष ओलीसँगको छलफलपछि माधव समुहका कार्यदल संयोजक रहनुभएका उपाध्यक्ष भीम रावल एकताप्रति गम्भीर बन्नुभएको छ । कार्यदलका अन्इ सदस्यहरु दवावकै भुमिकामा रहेको बेला रावलसमेत एकतातिरै फर्कनु भएपछि अन्तिम अश्त्रका रुपमा एमालेको एकता भाँडन प्रचण्डले माधवलाई धम्क्याउनु भएको नेपाल निकट नेताहरुको निश्कर्ष छ ।