“उत्तर कोरियाली नेता किम गम्भीर खतरामा”

उत्तर कोरियाली नेता किम जोङ उन स्वास्थ्यसम्बन्धी गम्भीर खतरामा परेका छन् । उनी शल्यक्रिया पछि गम्भीर अवस्थामा पुगेको उत्तर कोरियाको निगरानी गरिरहेको अमेरिकी गुप्तचरहरूको समूह सम्बद्ध स्रोतले यो जानकारी दिएको हो ।

ती अमेरिकी अधिकारीहरूको अनुसार अप्रिल १५मा आयोजना गरिने आफ्नै  बाजेको जन्मजयन्ती समारोहमा किम उपस्थित हुन सकेनन् ।  उत्तर कोरियाली सरकारको सम्पन्न एक बैठकको चार दिन अघि देखि किमलाई नदेखिएको ती अधिकारीहरूले जनाएका छन् । 

धेरै धुमपान, मोटोपन र बढी कामले गर्दा उनको मुटुमा समस्या देखिएको थियो ।

दक्षिण कोरियामा आधारित दैनिक एनके अनलाइनले अप्रिल १२मा उत्तर कोरियाली नेता किमको मुटुसम्बन्धी शल्यक्रिया गरिएको थियो ।

सीएनएनले  किम गम्भीर खतरामा परेको  समाचारको स्वतन्त्र पुष्टि भने नभएको जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले यसबारे टिप्पणी गर्न इन्कार गरेको छ ।

उत्तर कोरियाली संस्थापक नेता तथा किमका बाजेको जन्मजयन्तीमा किम आफै उपस्थित हुन नसक्नुलाई उनी गम्भीर खतरामा रहेको बुझिएको हो । 

Losing the dictator could leave the nuclear power in a vulnerable position as it scrambles to replace Kim Jong. Among those who are believed to be successors is his sister, Kim Yo-jong
किमको विश्वास पात्र आफ्नै बहिनी

https://www.dailymail.co.uk/news/article-8239261/North-Korean-leader-Kim-Jong-grave-danger-heart-surgery.html

BREAKING NEWS: Kim Jong Un ‘in grave danger after heart surgery’ as speculation over dictator’s health sparks fears of power struggle in North Korea where his sister could be in line to take control