आप्रवासीलाई अमेरिका प्रवेशमा बन्द गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको प्रवेश अस्थायी रुपमा रोक्ने बताएका बताएका छन्।

कोरोना भाइरसविरुद्धको अभियानका लागि आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरेको राष्ट्रपति ट्रम्पले ट्वीट गरेर जानकारी दिएका हुन् । तर उनले यसबारे सोमबारको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गमा थप केही बताएनन् ।

A general view from the looking south to the El Chaparral Port of Entry to Mexico March 21. The president tweeted Monday: 'In light of the attack from the Invisible Enemy, as well as the need to protect the jobs of our GREAT American Citizens, I will be signing an Executive Order to temporarily suspend immigration into the United States!'

उनले अबेर राति ट्वीट गरेर आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने निर्णय अदृष्य शत्रुसँगको लडाईँ र रोजगारीको रक्षाका लागि गरिएको उल्लेख गरेका छन् ।

ट्रम्पले कोरोना भाइरसलाई अदृष्य शत्रु भनेका हुन् । कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा लाखौँ अमेरिकीको जागिर गुमेको छ ।

ट्रम्पले आप्रवासन रोक्ने बताए पनि त्यसको विस्तृत विवरण र कहिलेदेखि लागु हुने भन्ने खुलाएका छैनन्।

आलोचकले भने ट्रम्प प्रशासनले कोरोना भाइरसको महामारीलाई आप्रवासविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन्।

ट्रम्पले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब समय अमेरिकाले पार गरेको र देशका विभिन्न क्षेत्र खुल्न थालेको पनि बताएका छन् ।

अमेरिकामा हालसम्म कोभिड–१९ बाट झण्डै ४२ हजारजनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या सात लाख ८२ हजार भन्दा बढी पुगेको छ ।

अमेरिकाका दुई छिमेकी देश क्यानडा र मेक्सिकोसँगको सीमा पनि बन्द छ । ती सीमा क्षेत्र अत्यावश्यक बाहेकका सेवाका लागि कम्तिमा मध्य मे सम्म बन्द गर्ने सहमति भएको छ ।