भविष्यलाई लिएर टोटनह्यामसँग कुनै कुराकानी भएको छैन–केन

ह्यारी केनले क्लबमा आफ्नो भविष्यलाई लिएर टोटनह्यामसँग कुनै किसिमको कुराकानी नभएको बताएका छन् ।

इंग्ल्याण्डका कप्तान केनले आफ्नो अहिलेको सम्पूर्ण ध्यान राष्ट्रिय टिमलाई युरोकपमा सफल बनाउनमा केन्द्रित रहेको दाबी गरेका छन् ।

२७ वर्षका केनले टोटनह्यामका पदाधिकारीलाई आफूले क्लब छोड्न चाहेको बताएसँगै उनको भविष्यलाई लिएर विभिन्न अड्कल हुँदै आएका छन् । उनको नाम प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग जोडिएका छ ।

‘बाहिर भएका हल्लाहरुले मलाई साँच्चिकै असर पर्दैन’, उनले भने, ‘म यहाँ टिमका खेलाडीहरुसँग हुन्छु, म उनीहरुलाई सहयोग गर्ने प्रयासमा हुन्छु, टिमको नेतृत्व गर्ने प्रयासमा हुन्छु ।’

केनले यो युरोकपमा अहिलेसम्म गोल गर्न सकेका छैनन्, तर क्लब परिवर्तन सम्बन्धी चर्चा यसको कुनै सम्बन्ध नरहेको उनले बताए ।