कमलामाई नगरपालिका ६ गैरी बजारमा नाला खानेपानी निर्माण भईरहेको कार्यको अनुगमन गरिएको छ । संघिय सरकारको सहयोगमा निर्माण भईरहेको सडकको नाला तथा खानेपानीको आज कमलामाई नगरप्रमुख खड्ग बहादुर खत्रिले अनुगमन गरे । गैरीबजारका स्थानिय उक्त निर्माण कार्यले गर्दा विभिन्न समस्यामा परेको र उक्त काम छिटो सम्पन्न गर्नको लागि पनि अनुगमन गरिएको नगर प्रमुख खत्रिले बताए । । उनका अनुसार उक्त निर्माण कार्य यहि असारको पहिलो साता सम्पन्न गरिसक्नु पर्नेछ ।
योजना अनुसार काम भएको छ कि छैन भनि अनुगमन गरिएको र अनुगमन गर्ने क्रममा योजना अनुसार काम भएको, सबै काममा गुणस्तरियता रहेको नगर प्रमुख खत्रिले बताए ।
त्यस्तै, आजै कमलामाई नगरपालिका वडा नं.६ दुई नम्बर बजारमा रहेको ढल निकासा निमाण कार्यको पनि अवलोकन गरे । उहाँका अनुसार उक्त कार्यपनि योजना अनुसार भएको र सबै गुणस्तरिय रहेको छ ।