कमलामाई नगरपालिकाद्धारा मजदुरहरुको नि:शुल्क स्वास्थ्य विमा जारी

कमलामाई नगरपालिकाले १८ जना मजदुरहरुको निःशुल्क स्वास्थ्य विमा गरेको छ । आज कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले ज्यालामजुदरी गरिरहेका अवस्थामा भेटिएका १८ जनाको विमा गरेका हुन् ।

कमलामाई नगरपालिका ७ पल्लो रामपुर स्थित कालिका माध्यामिक विद्यालयमा काम गरिरहेको १८ जना मजदुरको घरपरिवारका ८२ जना सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा गरेको कमलामाई नगरपालिकाको नगरप्रमुख खत्रिले बताए । नगरपालिकाले विगतका वर्षहरु देखि नै गरिव तथा विपन्न मजदुरहरुको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको सामाजिक शाखाका बबिन्द्रलाल माझीले बताए ।

May be an image of one or more people, people standing, tree and outdoors