जन्मदिनमा अध्यक्ष दाहालले गरे दुई थान कुलर मेसिन सहयोग

निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले जन्मदिन पारेर सिन्धुली अस्पताल लाई कुलर मेसिन हस्तान्तरण गरेका छन्।

उनले ४१ औँ जन्मोत्सवको अवसरमा अस्पताललाई ५५ लिटर क्षमताका ३५ हजार मूल्य बराबरका दुई थान कुलर मेसिन सहयोग गरेका हुन्।

जन्मदिनमा हुने अनावश्यक फजुल खर्च कटाएर अस्पताल लाई सहयोग गरेको दाहालले बताए । उनले विश्व कोरोना महामारी सँग जुधिरहेको अवस्थामा बिरामी लाई धेरै गर्मी हुने भएकाले केही राहत पुगोस् भन्ने उदेश्यले कुलर मेसिन सहयोग गरेको बताए ।