ज्ञान मित्र: चाहे राज्य फेल भएको भन्नुस चाहे हाम्रो चिकित्सा प्रणाली ध्वस्त भएको भन्नुस । यी जुन रूपमा जे जस्तो अवस्थामा खसे पनि पनि तपाईं यिनको पूर्ण बहिष्कार गर्न सक्नु हुन्न ।महामारीमा अर्को त्रास फैलाउने काम नगर्नुस । सरकार निकम्मा भए पनि अस्पताल माफिया भए पनि यिंलाई सहयोग गर्नु र यिनीबाट सहयोग लिनु वर्तमानको बाध्यता हो ।
शैय्या संकट छ आईसीयूको कमी छ ,भेंटीलेटरको अभाव छ । अमेरिका यूरोप जस्ता विकसित देशमा के चिकित्सा सुविधा अपुग भएको सुन्नु भएको छैन ? भारतका समाचार तपाईंका कानमा आई पुगेका छैनन ? अक्सीजनको अभाव हुनु पनि अस्वाभाविक होइन ।म तपाईंको घर आए, चिया माँगे तपाईले 5 मिनेटमै चिया दिनु भयो । कसरी दिनु भयो घरमा दूध थियो । म 20 जना साथी लिएर तपाईं को घरमा आए ,चिया माँगे । किचेनबाट चिया आऊन 40 मिनेट लाग्यो । मेरा साथीले चिया आउनु पूर्व गाइगुई गर्न थाले चिया आउन कति बेर लागेको ?लाग्छ यिनीहरुले चिया दिदैनन ।
उनीहरुलाई के थाहा 20 जनालाई भन्ने बित्तिकै चिया पकाएर दिने दूध घरमा हुदैन । दूध किन्न पठाउनु पर्छ जसले गर्दा चिया आउन समय लाग्छ ।ऑक्सीजनको अभाव अथवा संकट यही नै हो । रेगुलर माँग र खपत भन्दा एक्कासि कैयौ गुणा डिमाण्ड बढेको हो । अचानक माँग बढ्दा अभाव उतपन्न भएको हो । 2-4 दिनमा अभाव मेटिन्छ । यो अभाव हुनुमा देश विदेशका डॉक्टर र स्वनामधन्य विदहरु पनि उत्तरदायी छन । उहाँहरुले फेसबुक मार्फत ऑक्सीजन राख्ने सलाह दिएर आम नागरिकले घर घरमा ऑक्सीजन सिलेंडर थुपारेका छन ।
महामारी नियन्त्रण नहुन्जेल म सरकार अथवा कुनै निकायको विरोध त के आलोचना पनि गर्दीन । सकेको सहयोग गर्छु । यदि तपाईंहरुले अनाहकमा ऑक्सीजन सिलेण्डर जोहो गरिराख्नु भएको छ भने तत्काल नजिकको अस्पतालमा पुरयाई दिनुस । याद गर्नुस ऑक्सीजनले एकातिर ज्यान जोगउछ भने अर्कोतिर ज्यान लिन पनि सक्छ । आफु खुशी ऑक्सीजन लिदा ओभर फ्लो भयो भने तपाईंको ऑक्सीजनकै कारण राम नाम सत्य हुन सक्छ ।











