अमेरिकाले कोरोनाभाइरस विरूद्धको लडाइँमा चाहिने आवश्यक चिकित्सा क्षेत्रका सामान लुट्ला भनी चिन्तामा पेरु रहेको देखिएको छ ।
पेरुले अहिलेसम्म कोभिड–१९को परीक्षण किट बोकेको विमानको उडान सेवाको बाटो खुलाएको छैन् । महामारी रोगप्रति प्रतिक्रिया जनाउने समितिको प्रमुखले अमेरिकाबाट आफ्नो मेडिकल सामान लुट्नि सक्ने चिन्ता आफूहरूलाई रहेको बताएका छन् ।
पिलार मजेटीले सोमबार वा मंगलबार चीनबाट ३ लाख परीक्षण किट आइपुग्ने बताइन् ।
तर उनले सो विमान कुन बाटो भएर आउने खुलाउन मानिन् ।
तेस्रो देशले यो विमान कब्जामा लिन सक्ने भएर यसको बाटो बताउन नसक्ने उनले जनाइन् ।
जर्मन र फ्रान्सले नामै किटेर अमेरिकाले यसअघि तिनका लोड गरिएका सामान अमेरिकाले लुटेको जनाए जसरी उनले कुनै देशको नाम भने खुलाएकी छैनन् ।
अमेरिकाले जर्मनी र फ्रान्सका लागि लादिएका मास्क सहितका चिकित्सासम्बन्धी सामानको जहाजलाई आफ्नो देशमा ल्याउन लगाएको थियो ।
यस्ता सामान बनाउने चिनियाँ कम्पनी माथि दबाब दिएर जहाजलाई आफ्नो देशमा ल्याउन लगाएको थियो । तर अमेरिकी कुटनीतिज्ञहरूले यस्ते गलत काम नगरेको भनी यस्ता आरोप अस्वीकार गरेका थिए ।