अपडेटः भारतबाट सिन्धुली जिल्ला सदरमुकाममा ठूलो परिमाणमा तरकारी भित्रियो, नगरपालिकाद्धारा सबै तरकारी नष्ट

सिन्धुली जिल्ला सदरमुकाममा ठूलो परिमाणमा भारतबाट हरियो साग सव्जी लगायतका तरकारी भित्रिएको छ ।

सिन्धुलीमा ठूलो परिमाणमा भारतीय तरकारी भित्रियो, कमलामाईद्वारा नष्ट 

गएराती महोत्तरी जिल्ला प्रशासन कार्यालयको सवारी पासमा सिन्धुली जिल्लामा ठूलो परिमाणमा तरकारी ल्याइएको सूचनाका आधारमा खोजी गर्दा फेला पारिएको कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले प्रदेशखवरलाई जानकारी दिनुभयो ।

व्यापारीहरुबाट उठाएको सबै भारतीय तरकारीहरु नगरपालिकाले ल्याडफिल्ड साइटमा लगेर नष्ट गरेको छ । स्मरणीय छ, स्थानीय प्रशासन र नगरपालिकाले जिल्लामा बाहिरी जिल्लाबाट कुनै पनि खाद्य सामाग्री ल्याउन रोक लगाएको थियो ।

समाचार स्रोतका अनुसार धनुषा र सिन्धुलीका वोर्डरमा रहेको चुरेमा रहेको प्रहरीको चेक पोष्टमा रामेछाप जिल्लामा लैजाने भन्दै शनिवार साँझ १ गाडी तरकारी भीमान र माइस्थान क्षेत्रमा ल्याएर बिक्री गरेको थाहा पाएपछि हिजो रातीनैं सो गाडीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थाहा लागेको छ ।
त्यसैगरी चुरे चेकपोष्टमा आइतवार बिहान ४ बजे रामेछापमै लैजाने भनेर अर्को गाडी सिन्धुुली जिल्ला प्रवेश गरेको थियो । सो गाडीले त्याएको तरकारी रामेछाप नलगी सिन्धुलीमै रहेका तरकारी व्यवसायीलाई चेचिएको सुचना नगरप्रमुख खत्रीले थाहा पाएका थिए ।
सिन्धुली रातमाटा निवासी तरकारी व्यवसायी दिपक थापाले तरकारी बजार, ढुग्रेवास, रातमाटा लगायतका क्षेत्रमा विहान ५ बजेनै तरकारी खसालेर सो तरकारीको पैसा व्यवासयीबाट लिएको बताइएको छ । कृषि उपजवारमा तरकारी बिक्रीको काम गर्दै आएका व्यवसायीका अनुसार तीन जनाले मात्रै बजारमा थापाबाट भारतीय तरकारी झारेका थिए । थापाबाट झारेको तरकारीको पैसा थापाईनैं दिइसकेको र नगरपालिकाले सो तरकारीहरु उठाइदिएपछि आफुहरु घाटामा परेका छन् । भारतीय तरकारीनैं हो भन्ने थाहा पाएको भए हामीहरुले राख्ने थिएनौं । सँधै उसैले हामीलाई तरकारी ल्याउँथ्यो, यसपटक पनि बिहान ५ बजेनैं कति तरकारी चाहिन्छ भनेर फोन गरेपछि खसाल्दिनु भनेका थियौं, एक व्यवसायीले भने । तर यस पटक थापाले हामीलाई मात्रै होइन, सिन्धुलीका जनतालाई धोखा दिए ।