साउदी अरबमा संवैधानिक राजतंत्रको माग गर्ने राजकुमारी पक्राउ


साउदी अरवकी राजकुमारी बास्माले सऊदी अरब बेलायतको जस्तै संवैधानिक राजतंत्र हुनपर्ने माग गरेको केही दिनपछि उनलाई पक्राउगरी जेल पठाइएको हो । उनलाई पछिल्लो एक वर्षदेखी रियाद स्थित अल हायर जेल मा बन्दी बनाइएको छ । राजकुमारी बास्मा को पूरा नाम बास्मा बिंत साउद बिन अब्दुल्लाजिज अल साउद रहेको सञ्चार माध्यमले जनाएका छन् ।
उनले एक कार्यक्रममै भनेकी थिइन्ः देश निरंकुश कार्यकारी प्रणाली बाट अलग हुनुपर्छ। देशको कार्यकारी जन निर्वाचित हुनुपर्छ। लण्डनमा लामो समय बिताएकी उनले आफ्नै सवजनेश पनि गर्दै आएकी थिइन् । उनी मानवअधिकार तथा महिला अधिकारका विषयमा आवाज उठाउने राजपरिकी पहिलो सदस्य भएको पनि बताइन्छ । उनले आफुलाई पक्राउगरी जेलमा राखिएको वारे ट्वीटमार्फत उल्लेख गरेकी थिइन् ।