कोरोना भाइरसको कारण भारतमा एसीपीको मृत्यु, नौसेनाका २ दर्जन संक्रमित

कोरोना संक्रमणको शिकार भएका एसीपी कोहली फोटोः अमरउजाला दैनिक

भारतको पञ्जाबमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए ।

उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी गरिएको थियो । तर, यो प्रक्रिया शुरु हुनुपूर्व नै उनको मृत्यु भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसीपी अनिल कोहलीको मृत्युमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले केही दिनअघि मात्र एसीपीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका हुन् ।