हालसम्म पीसीआरबाट ८ हजार १७ र आरडीटीबाट १९ हजार ४ सय ५४ जनामा कोरोना परीक्षण

सरकारले अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो।

यस्तै र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आडीटी) विधिमार्फत १९ हजार ४ सय ५४ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८० जनाको र्‍यापिड टेष्ट गरिएको छ।