जनप्रतिनिधीलाई प्रभाबित पार्दै आइएनजिओ

सिन्धुली: नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यस्त हुनुपर्ने सिन्धुलीका जनप्रतिनिधीहरु आफूले निर्वाचनका बेला जनताको दैलोमा गरेका प्रतिवद्धताहरु बिर्सेर एनजिओ र आइएनजिओले बनाएका स्वार्थपूर्ण योजनाहरुलाई बोक्न थालेको पछिल्लो बिबरणले देखाएको छ । मानव बेचखिन विरुद्धको परियोजना सञ्चालन गरेर वालवालिकाको फोटो खिच्दै उनीहरुको गरिवी बिश्व बजारमा बेच्दै आएको प्लानले स्पोनशर गराएका वालिकाहरु बागमती प्रदेश राजधानी मकवानपुरमा हराएपछि त्यहाँबाट जिल्लानैं छोडेर हिंडेको प्दानले सिन्धुलीमा आएर फेरी वालवालिका केन्द्रीत अंकपत्र अभियान थालिरहेको छ । त्यही अभियानका नाममा अहिले सिन्धुलीमा जनप्रतिनिधी देखी पत्रकारसम्मलाई गैर सरकारी संस्थाले प्रयोगमा ल्याएको देखिएको छ । बुधवार सिन्धुलीमा त्यस्तै कार्यक्रमको आयोजना गरियो ।

कमलामाईका ६ वटै वडाका युवाहरुले नागरिक अंकपत्र कार्यान्वयनको क्रममा उजागर भएका सवाललाई संक्षेपीकरण गरी आगामी वार्षिक कार्यक्रममा समावेश गराउन नगरउपप्रमुख मार्फत कमलामाई नगरपालिकामा पेश गरे ।

स्वास्थ्य तर्फका २१ र शिक्षा तर्फका १५ गरी ३६ वटा सवालहरुको सूची पेश गर्दै युवाहरुले सबै सवाललाई सम्बोधन गर्नका लागि नगर प्रमुख मञ्जु देवकोटालाई अनुरोध समेत गरे । गैससले प्रयोग गर्दै आएकी वालिका सदीक्षा न्यौपानेले भनिन्ः नगरपालिकाले समेत यसलाई सकारात्मक रुपमा लिएको र कार्यपालिका बैठकमा छलफल गरिने नगर उपप्रमुखले बताउनुभएको छ ।
युवाहरुले पेश गरेको सवालहरुको सूची बुझदै नगर उपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाले उठान गर्नुपर्ने विषय र सवाललाई युवाहरुले पहिचान गरी ल्याएकोमा खुशी व्यक्त गरिन् । हामी वार्षिक विकास कार्यक्रममा समावेश गर्ने योजना संकलन गर्नका लागि टोल तहमा त जाने गरेका थियौं, तर विद्यालय र स्वास्थ्य संस्थामा पुग्न सकेका थिएनौं, नगर उपप्रमुख देवकोटाले भनेकी थिइन् । स्मरणीय छ, पछिल्लो समय सिन्धुलीका जनप्रतिनिधीहरुलाई एनजिओहरुले आफ्नो स्वार्थ अनुसार चलाउन थालेका छन् । सोही कारणले पनि काम गराई माथि उनीहरु निर्वार्चित दलका नेताहरुले प्रश्न उठाउन थालेका छन् ।