काठमाडौ: कांग्रेसको जारी विवादबारे निर्वाचन आयोगमा चलिरहेको छलफल सकिएको छ। आधिकारिक कांग्रेस गगन थापा पक्ष वा शेरबहादुर देउवा पक्ष भन्ने विवाद निर्क्यौलमा पुगेको हो। कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो भने देउवापक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएको थियो।
यसबारे अन्तिम निर्णय गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए। उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए। निर्वाचन आयोगको निर्णयको पर्खाइमा कांग्रेसका दुवै पक्षका नेता, कार्यकर्ता आयोगको कार्यालयअगाडि सडक अवरुद्ध गरेर बसिरहेका छन्।







