प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ। केही दिनदेखि सरकारी पक्षका वकिलहरूले बहस गरिरहेका छन्। बहसका क्रममा वकिलहरूले रिट निवेदकका वकिलले पेस गरेका तर्कमा जवाफी तर्कमात्रै गरेका छैनन्। गीत र सायरीका जवाफ पनि फर्काएका छन्।
बुधबार सरकारका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता सुशील पन्तले पनि इजलासमा एउटा हिन्दी सायरी सुनाए: ए फलक के चाँद हमने भी एक चाँद देखा है, तुझमें तो है दाग हमने बेदाग देखा है..
उनले सायरीको अर्थ पनि लगाए- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रक्रियामा दाग देख्नुभयो अनि बेदाग चन्द्रमाजस्तो जनतामा जाने निर्णय गर्नुभयो।











