अमेरिकाको सरकारी क्षेत्र साइबर आक्रमणको गम्भीर जोखिममा

प्रमुख सरकारी निकाय, मुख्य पूर्वाधारहरु तथा निजी क्षेत्रहरु यो हप्ता गम्भीर तथा बृहतस्तको साइबर आक्रमणको जोखिममा रहेको अमेरिकी अधिकारीले बताएका छन् ।

प्रमुख ह्याकिङ्ग अभियानले यो हप्ता सरकारी तथा निजी क्षेत्र आक्रमणकारीको निशानामा रहेको थाहा भएको अमेरिकी साइबरसेक्युरिटी एण्ड इफ्राइस्टक्चर सेक्युरिटी एजेन्सी (सिसा) ले बताएको छ ।

साइबर आक्रमणको जोखिममा अर्थ तथा वित्त विभाग पनि रहेको सिसाले बताएको छ ।

आक्रमण बृहत र जटिल हुने सिसाले जनाएको छ ।

सो सम्भावित आक्रमणको पछि रुसी सरकार रहेको आशंका छ । तर रुसले भने त्यो आरोप आधारहिन भन्दै खारेज गरेको छ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले साइबर सुरक्षा आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।