कोरोनाभाइरस प्रतिरोधी ब्रिटिश र रुसी खोप मिश्रण गरेर परीक्षण गरिने

(200414) -- BEIJING, April 14, 2020 (Xinhua) -- A staff member displays samples of the COVID-19 inactivated vaccine at Sinovac Biotech Ltd., in Beijing, capital of China, March 16, 2020. China has approved two COVID-19 inactivated vaccine candidates for clinical trials, according to the State Council joint prevention and control mechanism against the coronavirus Tuesday. The two vaccine candidates are developed by Wuhan Institute of Biological Products under the China National Pharmaceutical Group (Sinopharm) and Sinovac Research and Development Co., Ltd, a company based in Beijing. Clinical trials of the two vaccines have started. (Xinhua/Zhang Yuwei)

ब्रिटेन र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गर्दा अझ कोरोनाभाइरस प्रतिरोधी क्षमता बढ्छ कि भनेर परीक्षण गर्ने भएका छन्।

दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ राम्रो रोग प्रतिरोधी क्षमता देखिने हुनसक्छ।

रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू सहभागी हुने भनिए पनि कति जना सहभागी हुने भन्ने स्पष्ट छैन।

अक्सफोर्डले हालै प्रकाशित गरेको परीक्षणको नतिजामा उसले एस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको कोभिड-१९ को खोप मानिसमा सुरक्षित र प्रभावकारी रहेको देखिएको छ।

अध्ययनकर्ताहरूले वृद्ध व्यक्तिहरूको तथ्याङ्कमा काम गरिरहेका छन् भने यूकेको नियामक संस्था एमएचआरएको अनुमतिको प्रतीक्षा पनि गरिरहेका छन्।

एस्ट्राजेनेकाले अन्य उस्तै प्रकृतिका खोपहरूसँग मिश्रण गर्दा अझ राम्रो खोप विकास हुनसक्छ कि भनेर हेरिरहेको बताएको छ।

ब्रिटिश खोप र रुसी खोपले उस्तै तरिकाले काम गर्छ जुन अहिले यूके, अमेरिका, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति प्राप्त गरेको फाइजरको खोपले काम गर्ने तरिकाभन्दा फरक हो।

A Covid vaccine

रुसी स्पुत्निक खोपको परीक्षणको नतिजा पनि उत्साहित हुने खालको भएको बताइएको छ।

रुस आपत्कालीन प्रयोगका लागि कोभिड खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो।