इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वुल्भ्समाथि ४–० को जित दर्ता गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सालह, जर्जिनिओ विनाल्डम र जोएल मातिपले गोल गरेका हुन् । वुल्भ्सका नेल्सन सेमेडोले आत्मघाति गोल गरे ।

सालहले २४ औँ मिनेटमा गोल गरी लिभरपुललाई सुरुवाति अग्रता दिलाएका हुन् । त्यसपछि विनाल्डमले ५८ र मातिपले ६७ औँ मिनेटमा गोल गरे । नेल्सनले ७८ औँ मिनेटमा आत्मघाति गोल गरेका हुन् ।

जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको ११ खेलबाट २४ अंक पुगेको छ । पराजित भएको १७ अंकसहित १० औँ स्थानमा छ ।