स्वास्थ्यका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गर्न अनुमति

कमलामाई नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर विद्यालय सञ्चालन गर्न सकिने भएको छ । शुक्रबार कमलामाई नगरपालिकामा सरोकारवालाहरुको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम विद्यालय सञ्चालन गर्न सकिने भएको हो ।

नगर शिक्षा अधिकारी शंकरराज लुईटेलले विद्यालय सञ्चालन मोडालिटि बनाई स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्ड पालना गरि विद्यालय सञ्चालन गर्नु पर्ने बताउनुभयो । पाठ्यक्रम केन्द्रले तयार गरेको पाठ्यबस्तु समायोजन ढाँचा २०७७ बमोजिम बार्षिक योजना र सवै शिक्षकहरुले संक्रमणकालिन बार्षिक शैक्षिक योजना तयार गरि विद्यालय सञ्चालन गर्न उहाँले अनुरोध गर्नु भएको छ ।

नगरशिक्षा अधिकारी शंकर लुईटेल ।

विद्यालयले तयार गरेको विद्यालय सञ्चालन मोडालिटि क्लष्टरमार्फत एक हप्ता भित्र शिक्षा शाखामा बुझाउनु पर्ने उहाँले बताउनुभयो ।