मेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले चुनाव हारेको स्वीकार नगर्ने डोनाल्ड ट्रम्पको प्रवृत्तिको निन्दा गरेका छन्।
उनले यसले एउटा देशका रूपमा विश्वमा एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन्।
बाइडेनले ट्रम्पलाई अमेरिकाको इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप पनि लगाएका छन्।
ट्रम्पलाई आफू चुनावमा पराजय हुने कुरा पहिले नै थाहा भए पनि आश्चर्यजनक रुपमा गैरजिम्मेवारीपन देखाएको बाइडेनको आरोप छ।
कोरोना भाइरस संकटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको भर्चुअल बैठकपछि बाइडनले यस्तो बताएका हुन्।
‘ट्रम्पले विश्वमा हानिकारक सन्देश पठाइरहेका छन्। र, उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ’, बाइडेनले भने।
ट्रम्पले अहिलेसम्म हार स्वीकारेका छैनन् र विभिन्न राज्यमा मतपरिणामविरुद्ध मुद्दा हालेका छन्।
महामारीका बेला एकजुट हुन पनि बाइडेनले अमेरिकीहरूलाई आह्वान पनि गरेका छन्।