लोकनारायण सुवेदी: त्यतिबेला सम्राट चन्द्रगुप्तको शासन भारत बर्षमा चरम उत्कर्षमा पुगेको थियो । यसको एक मात्र कारण चन्द्रगुप्तका महामन्त्री चाणक्यको कुशल शासन व्यवस्थाका थियो । त्यस बेला चिनीयाँ यात्रीहरु चन्द्रगुप्तको राज्यमा आउने जाने गरिरहन्थे । अनि त्यस अवसरमा उनीहरु ती कुशल चाणक्यलाई भेट्न पनि निकै लालाहियत हुन्थे ।त्यस्तै यात्राको क्रममा चिनीयाँ यात्रीहरु मध्येका एक इतिहास प्रसिद्ध यात्री ह्वेनशाङ पनि चन्द्रगुप्तको साम्राज्यको यात्रा गर्न जाँदा चाणक्य बसेको कुनै एकान्त कुटिमा उनलाई भेट्न पुगे । महामन्त्री चाणक्यको कुटी निकै साधारण थियो ।

ह्वेनशाङ पुग्दा चाणक्य भने टुकी बालेर एकाग्रतापूर्वक केही लेखिरहेका थिए । ह्वेनशाङ पुगिसकेपछि पनि चाणक्य केही लेखि नै रहे । अनि ह्वेनशाङ भने चुपचाप उनले लेखेको हेरेर बसिरहे ।केही क्षणपछि चाणक्यले आफ्नो काम सकेर पाहुनालाई स्वागत गरे । उनलाई यसरी स्वागत गर्दै गर्दा चाणक्यले बलिरहेको बत्ति निभाएर अर्को बत्ति बाले । त्यो देखेर ह्वेनशाङ आश्चर्य मान्दै हेरिरहेका थिए । पहिलो बत्ती निभाएर बालिएको दोश्रो बत्तीको मन्द प्रकाशमा अब चाणक्यले अतिथि चिनीयाँ यात्री ह्वेनशाङसँग हार्दिक कुराकानी गर्न गर्न थाले —‘भन्नुस् तपाईलाई कस्तो लाग्यो हाम्रो देश ? चाणक्यको प्रश्न सुनेर ह्वेनशाङले मुक्कुराउँदै र खुशी हुँदै जवाफदिए ‘राम्रो, अत्यन्तै भव्य लाग्यो तपाईको देश ।’यसरी ती दुइ देशका दुइ जना मित्रहरुले विभिन्न विषयमा कुरा गरिरहे । तर ह्वेनशाङलार्ई भने मनमा के लागि रहेको थियो भने चाणक्यले ‘किन उनी पुग्दा बलिरहेको त्यो बत्ति निभाएर यो अर्को बत्ती बालेका होलान् ? अन्तमा चाणक्यलाई उनले सोधे,‘तपाई अघि म यहाँ अर्कै बत्ति बालेर लेखिरहनु भएको थियो । म आएपछि तपाईले त्यो बत्ती निभाएर यो अर्को बत्ती बाल्नु भयो किन ?यो ह्वेनशाङको प्रश्न सुनेर चाणक्यले मुस्कुराउँदै जवाफ दिए, ‘मित्र, तपाईको प्रश्नको जवाफ एकदमै साधारण छ । तपाई आउनु भन्दा अगाडि म देशको शासन सम्बन्धि काम गरिरहेको थिएँ ।

राज्यको काम गर्न मैले राज्यकोषको बत्ति बालेँ । त्यो बत्तीको खर्च राज्यकोषबाट हुन्छ । त्यसपछि तपाई आउँनु भयो । तपाईसँग भेटघाट कुराकानी गर्नु मेरो निजी काम हो । त्यसकारण मैले राज्यकोषको दुरुपयोग नहोस् भनेर आफ्नै खर्चको यो अर्को बत्ती बालेँ ।’चाणक्यको यो कुरा सुनेर ह्वेनशाङ दंग परे ।सकेसम्म राज्य कोषको दुरुपयोग गरेर सात पुस्तालाई कमाउन रमाउने हाम्रो भ्रष्ट नेतृत्वलाई भने ‘चाणक्य—ह्वेनशाङको यो ऐतिहासिक सम्वाद’को कुरा सुन्दा पनि तिनको मन तर्सिदो होला !