सिन्धुली: नेपाली काङ्ग्रेस सिन्धुलीका नेता माणिक ढकाललाई मातृ शोक परेकोे छ । ढकालको ममतामयी आमा माधबीको आज विहान निधन भएको पारिवारि स्रोतले बताएको छ । मृतक ढकालको माधव, माणिक, महेन्द्र, मनिष र मातृकासहित ५ छोरा र २ छोरी हुनुहुन्छ । आज अपरान्ह उहाँका पार्थिक शरिरलाई मरिणखोलामा अन्तिम संस्कार गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति उज्वल बराल, कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटा, कांग्रेस जिल्ला सचिव कृष्ण दाहाल लगायतका नेता कार्यकर्ताले आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
हार्दिक श्रदाञ्जली
प्रदेशखवर अनलाईन नेपाली कांग्रेस सिन्धुलीका निष्ठावान नेताका रुपमा चिनिएका माणिक ढकाललगायतका ममतामयी माताको मृत्युको खबरले मार्महत भएको छ । हामी मृतात्माको चीर शान्तिको कामनागर्दे शोध सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।