राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको एकता बचाउने क्रममा नेता बर्षमान पुनलाई शीतलनिवास बोलाएकी छन्।
नेकपामा विवादले उत्कर्षको रुप लिइरहेका बेला राष्ट्रपति भण्डारीले पूर्वमाओवादी पृष्ठभूमिका नेता पुनलाई पार्टीमा उत्पन्न पछिल्ले परिस्थितिबारे जानकारी लिने उद्देश्यसहित शुक्रबार शीतलनिवास बोलाएकी हुन्।
यसअघि भण्डारीले नेकपाको समीकरणमा निर्णायक मानिने नेकपाका नेता बामदेव गौतमलाई शीतल निवास बोलाएर पार्टी एकताका लागि एकजुट हुन आग्रह गरेकी थिइन्।