‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णयबाट कमल थापा खुशी !

सरकारले नेपालको आधिकारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा नेपाल मात्र लेख्ने भनी गरेको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् ।

उनले ट्वीटरमार्फत शुक्रबार सरकारको उक्त निर्णय ठीक रहेको भन्दै नेपालको नामको अगाडि विशेषण थप्न आवश्यक नभएको बताए । थापाले प्राचीनकालदेखि नै देशको नाम नेपाल रहेको पनि बताएका छन् ।