जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो जित दर्ता गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी रेड बुल साल्ज्बर्गलाई ६–२ ले पराजित गरेको हो ।
बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई, बोएटेङ्ग, लिरोय साने र हर्नान्डेजले एक–एक गोल गरे । रेड बुलका क्रिष्टेन्सनले आत्मघाती गोल गरे । रेड बुलका लागि बेरिशा र ओकुगावाले गोल गरेका हुन् ।

लगातार तीन जित निकालेको बार्यन म्युनिख ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । सोही समूह अन्तर्गत भएको अर्को खेलमा एथ्लेटिको मड्रिड र लोकोमोटिभ मस्कोले १–१ को बराबरी खेलेका छन् । एथ्लेटिको चार अंकसहित दोस्रो स्थानमा रहेको छ ।