तथाकथित जनयुद्धको नाम पुकारेर राजाको छोरा राजा नै हुने ब्यबस्थाको अन्त्यका खातिर लडेका पुर्व माकेहरु जङ्गलदेखी चियानसम्म अध्यक्ष प्रचण्डले सहयात्री छोड्ने तर पद (अध्यक्ष) नोछोड्ने अवस्था देखेपछि पार्टी टुक्रा टुक्रा पारेर हिडेका यो पार्टी (नेकपा) लार्इ पनि त्यही अबस्थामा पुर्याउन हरेक खेल खेलिरहेका छन् ।
केपि ओलिले पार्टी फुटाउछन् भनेर आम कार्यकर्ताहरुमा भ्रम छरिरहेका छन्। आज भोली बहुत गजवको बिधिको ओकालात गरेको सुन्न पाइन्छ। कर्णाली प्रदेशमा पुर्व माकेले नेतृत्व गरिरहेको सरकार मनोमानी ढंगले चलेपछि हटाउन भन्दा पुर्व एमालेका मन्त्री हटाउन खोज्ने यत संघमा केपि ओलिले मनोमानी गरे भनेर केपि ओलि नै हटाइदिने ? एक व्यक्ति एक पद राखौं भन्दा नमान्ने अनि बिधी मिचे भनेर हल्ला फिजार्इ हिंड्ने ? बिगतमा पनि आज जो प्रधानमन्त्रीको लाइनमा देखिएका अनुहार छन् बिगतमा पनि सरकार संचालन गरेका अनुहारनैं हुन् । के बिगतमा यिनिहरुले आफु प्रम बन्दा अरुको टिमको मान्छेलाइ मन्त्री बनाएर ? पार्टीको निर्णय हु बहु माने ? इतिहास पल्टाउने हो कि ? ढोकाबाट नछिरी जस्केलाबाट राजीनामा माग्ने , पार्टीको बैठक राखेन भनेर कोलाहल मच्चाउन थाल्ने ? भ्रमको खेती गरेर आएकाहरुले बेमौसमी बाजा बजाउन बाहेक केहि जान्दैनन् । त्यसैले सबै सचेत बनौं , ललिपपमा नफसौ , खबरदारी गरौं ।
लालवहादुर बुढाथोकी – (लेखक: नेकपा संवद्ध युवा नेता हुन् )