राष्ट्रियसभाकी उपाध्यक्षद्धारा कमलामाई नगरपालिकाको प्रशंसा

सिन्धुलीः राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले सिन्धुलीको कमलामाई नगरपालिकाले अन्य स्थानीय निकायको भन्दा फरक र जनप्रिय काम गरेको बताउनुभएको छ । आइतवार नगरप्रमुख खड्गवहादुर खत्रीको कार्यकक्षमा भएको कुराकानीका क्रममा उपाध्यक्ष दाहालले कमलामाई नगरपालिकाले अन्य स्थानीय निकायको तुलानामा उत्कृष्ठ काम गरेको र ती कामहरु जनप्रिय पनि रहेको बताउनु भएको हो । करिव एकघण्टा लामो कुराकानीका क्रममा उपाध्यक्ष दाहालले कमलामाई नगरपालिकालाई आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बचन पनि दिनुभयो । उहाँले कमलामाई नगरपालिकाबाट भएका कामहरु अत्यन्त सराहनिय भएको उल्लेखगर्दे नगरप्रमुख खत्रीको प्रशंसासमेत गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख खत्रीले उपाध्यक्ष दाहाललाई फुलको मालाले स्वागत गर्नुभएको थियो । भेटघाटका क्रममा नेकपाका संगठन विभाग प्रमुख एवम् कमलामाई नगर अध्यक्ष सूर्य पाख्रिन, जिल्ला नेता नवराज थिङ, नगर उपप्रमुख मञ्जु देवकोटा, प्रवक्ता कर्ण घिसिंग, वडाध्यक्ष रामवहादुर तामाङ, कार्यकारी अधिकृत विषकशेन ढकाललगायतको उपस्थिति थियो ।

No description available.
No description available.
No description available.