कोरोना भाइरसको महामारीका कारण बेलायतमा पनि १० हजारभन्दा बढीको मृत्यु भएको छ।
आइतबार साँझसम्म बेलायतमा १० हजार ६ सय १२ जनाको ज्यान गएको छ। यो भाइरसले १० हजार बढी ज्यान गुमाउने बेलायत पाँचौँ देश हो। अमेरिकामा सर्वाधिक २० हजार ६ सय ३७ जनाको मृत्यु भएको छ।
इटालीमा १९ हजार ४ सय ६८, स्पेनमा १६ हजार ९ सय ७२ र फ्रान्समा १३ हजार ८ सय ३२ जनाको ज्यान गएको छ। बेलायतमा ८४ हजार २ सय ७९ जना संक्रमित भएकामा ३ सय ४४ जना मात्र निको भएका छन्।
बेलायतमा आइतबार पनि ७ सय ३७ जनाको ज्यान गएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसका कारण एक लाख १० हजार ८ सय ३५ जनाको मृत्यु भएको छ भने १८ लाख ३६ हजार ७१ संक्रमित छन्। यीमध्ये चार लाख १२ हजार ३ सय ७० जना निको भएका छन्।