कमलामाई नगरप्रमुख खत्रीले भिडियो सन्देशमा भनेः तपाईहरु लक डाउनमा हुनुहुन्छ, केही समस्या परे सिधै मोवाइलमा फोन गर्नुस्

कमलामार्ई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा आज बिहानै एक भिडियो सन्देश मार्फत नगरवासीका नाममा सम्वोधनगर्दै कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरवासीका तर्फबाट गरिएको सहयोगको प्रशंसागर्दै कुनै पनि समया आइपरे सिधै सम्पर्क गर्न अपील गर्नुभएको छ ।

नगरप्रमुख खत्रीले जारी गर्नुभएको भिडियो सन्देशको पूर्ण पाठः

नयाँ वर्ष २०७७ को यस सुखद उपलक्ष्यमा सम्पूर्ण कमलामाई नगरवासी दाजुभाई दिदी बहिनी, आमा बुवा तथा समस्त नेपालीमा सुख, शान्ति र सम्वृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यो नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान र थप जोश, जाँगर सिर्जना गरी कमलामाई नगरपालिकालाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराउन, सहकार्य, सहमति, सहअस्तित्व र भाइचाराको सम्बन्ध स्थापित गरोस् भन्दै शुभकामना समेत व्यक्त गर्दछु ।
यस अवसरमा हामीले भर्खरै विदाइ गरेको वर्ष २०७६ को समीक्षा पनि गर्नुपर्ने हुन्छ । यो साल केही उपलव्धिका दृष्टिले अविस्मरणीय पनि रह्यो । एकात्मक र केन्द्रीकृत रुपमा लामो समयदेखि प्रयोग हुदै आएको राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई जनताको घरदैलौमा पु¥याउने दिशामा अग्रस रह्यौं । बत्तिमुनीको अध्याँरोका रुपमा रहेको नगरपालिकाका ग्रामीण बस्तीहरुलाई उज्यालो नगर बनाउने योजना अनुसार टुकी बत्ती बाल्नुपर्ने अबस्थाको अन्त्य गरिनुका साथै सबै नागरिक समान हुन् भन्ने अभियान अन्र्तगत खरको छाना बिस्थापनगरी जस्तापाता लगाइदिने काम अगाडि बढिरहेको छ । निष्ठा भए पछि छोटो समयमा पनि जनतालाई प्रत्यक्ष छुने गरी केही गर्न सकिन्छ भन्ने प्रमाणित गरेर देखायौं ।
समाजवादी यात्राको पूर्वाधार शिक्षा, स्वास्थ्य र रोजगार भन्ने मुलमन्त्रलाई अङ्गीकारगर्दै हामीले शिक्षालाई एकरुपतामा लैजानु पर्छ भन्ने मान्यताका साथ यसै नयां शैक्षिक सत्रबाट लागुहुनेगरी एउटै शैक्षिक क्यालेण्डर लागु गर्ने, मजदुर वालवालिकाका लागि आवासिय विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढिरहेको छ ।
त्यसैगरी नदी किनारमा गिट्टी कुटेर जीवन निर्वाह गरेका श्रमजीवीहरु, किसान, मजदुर र विपन्न सयौं नगरवासीहरुको सुरक्षाका लागि स्वास्थ्य वीमा शुरुवात गरी महत्वपूर्ण कामको शुरुवात ग¥यौं । महिलाहरुको आङखस्ने रोग र मोतिया बिन्दुको निःशुल्क अपरेशन र उपचार हामीले गरिरह्यौं ।
त्यस्तै नगरपालिकाले एकै साथ ठूलो संख्यामा रोजगारी एवम् उद्यमशिलतामा लाग्नका लागि आफ्नै सक्रियतामा युवा स्वरोजगार कोष खडागरी स्वेदशमै उद्यम गरेर देखाउँछौं भन्नेहरुलाई लक्षित गर्दै युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेका छौं । आधारभूत तहका जनताको आर्थिक अबस्थाको सदृढीकरण बिना हाम्रो समाजवादी यात्रा अधुरोनै रहने भएकाले विभिन्न आय आर्जन र उत्पादनका कामहरुमा नगरपालिका अगाडि बढिरहेको छ । सिमित स्रोत साधन र जनताका असिमित इच्छा, अकांक्षा र आवश्ययक्ताहरुका बीच हामीले युद्ध संग्रहालय एवम् ऐतिहासिक सिन्धुलीगढीको पूर्वाधार विकासको महत्वपूर्ण काम प्रारंभ गरेका छौं ।
यसबीच हामीहरु अहिले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न असामान्य परिस्थतिसँग पौंठेजोरी खेलिरहेका छौं । यस्तो अकल्पनीय सङ्कटको अबस्थाबाट त्रसित भइरहनु भएका हामी नगरवासीहरु त्यसको प्रतिरक्षाका लागि तपाईहरु घरमा बन्दी झैं बसिरहनु भएको छ । हाम्रो आग्रहलाई ग्रहणगर्दै बिबिध समस्याको पर्वाह नगरी कोरोना संक्रमणका विरुद्ध आफुलाई उभ्याउनुभयो, म नगरवासी प्रति उच्च सम्मान व्यक्त गर्दछु । उक्त रोग नियत्रणको उत्तम बिकल्प पनि त्यही नैं हो ।
पछिल्लो दशकमा हामीले व्यहोरेको लामो राजनैतिक द्धन्द्ध, त्यत्तिकै लामो संक्रमणकालिन व्यवस्था, महाभुकम्प र नाकाबन्दीले थलापारेको अर्थतन्त्र बिस्तारै तङ्ग्रिन लागेको अबस्थामा अहिले फेरी हामी कोरोना महामारीमा फस्न बाध्य भएका छौं । यस्तो विषम परिस्थितिबाट नगरवासीको जीवन रक्षाका लागि घर दैलोमै सरकार भएको अनुभूति पनि दिलाइरहेका छौं । यसै सन्र्दभमा नगरपालिकाको वडा कार्यालबाट सर्वदलीय सहमतिका आधारमा शिफारिश भई आएका विपन्न गरिव एवम् श्रमजीवी वर्गका ६२६ घर परिवारलाई राहत बितरण गरिसकिएको र लकडाउन लम्बिने अबस्थामा करिव २ हजार घर परिवारलाई राहत दिने लक्ष्य हामीले लिएका छौं ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको एक मात्र बिकल्प लकडाउनसँगै उत्पन्न भएको असहज एवम् विषम परिस्थितिलाई हामी सबै मिलेर सामना गर्नु परेको छ । जनताका दिनचर्यासँग गाँसिएका कृषिजन्य, पशुजन्य उत्पादन, व्यापार व्यवसाय, उद्योग, शैक्षिक संस्था, पूर्वाधार विकास एवम् निर्माणका क्षेत्रमा देखिएको असर र क्षतिले कमलामाइको मेरुदण्डमाथि पनि प्रहार गरेको छ । यसबाट हामीले घोषणा गरेका विकास निर्माणका कामहरु प्रभावित बन्नसक्ने देखिएको छ । यो असरले नगरपालिकाको विकासको गतिलाई पनि केही समय पछाडि धकेलिने अबस्था सिर्जना भएको छ । तथापी तपाई हाम्रो सामुहिक प्रयाशले उक्त असहजतालाई सहजतामा ल्याउने विश्वास पनि लिएको छु ।
यस्तो विषम अबस्थामा नगरपालिकाको तर्फबाट वितरण गरिएका राहतका विषयमा तपाई नगरवासीहरुका तर्फबाट आग्रह, पूर्वाग्रह बिना गरिएका कुनै पनि गुनासा, सुझाव, सल्लाह भएमा कार्यालयको फोनः ५२०५९६, ५२०२४० र मेरो मोवाइल नम्वर ९८५४०४२५९६ मा सिधै सम्पर्कगरी सहयोग गर्न अपील गर्दछु ।
अन्त्यमा यो नयाँ वर्षले हामी सबैमा आपसी मनमुटाव, रिसराग, बैमनश्यता, इश्र्या, कटुता जस्ता गलत संस्कारको अन्त्यगरी सकारात्मक सोच, नयाँ समाधान र थप जोश, जाँगर सिर्जनागर्दै आपसी सदभाव र भाइचाराको सम्बन्ध गाँसियोस् भन्दै पुनः नयाँ वर्ष २०७७ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
अभिवादनसहित
खड्गवहादुर खत्री
नगरप्रमुख
कमलामाई नगरपालिका, सिन्धुली