आईपीएलः बैंग्लोरद्वारा राजस्थान ८ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल)काे शनिबारको पहिलो खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ।

युएईको अबुधाविमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो।

राजस्थानका लागि जोस बट्लरले २२, रोविन उथप्पाले १७, महिपाल लोम्रोरले ४७, रियान परागले १६, राहुल टेवटियाले २४ र जोफ्रा आर्चरले १६ रन जोडे।

बलिङतर्फ बैंग्लोरका युवेन्द्र चाहलले तीन, इसुरु उडानाले २ र नवदीप सैनीले एक विकेट लिएका थिए।

१५५ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रेको बैंग्लोरले १९ ओभर १ बलमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। बैंग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन बनाए।

यस्तै देवदत्त पाडिक्कलले ६३, एबी डि भिलियर्सले १२ र आरोन फिन्चले ८ रन बनाए।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले एक–एक विकेट लिएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।