राहुलको शतक होइन, कोहलीका यी गल्तीले हार्‍यो बैंगलोर

भनिन्छ क्रिकेटमा क्याचले म्याच जिताउँछ । यो भनाईको ताजा उदाहरण बिहीबार दुबईमा देखियो जब रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले एक मात्रै होइन दुई–दुई क्याच छोडे।

खेलमा १७ औँ ओभर चलिरहेको थियो। बलरका रुपमा डेल स्टल महँगो सावित हुँदै थिए । तर एक मौका थियो जो उनले लुटाएको रनको केही भरपाई शायद गर्न सक्थ्यो।

यो मौका आएको थियो किंग इलेभन पञ्जाबका कप्तान केएल राहुलको विकेटका रुपमा जब उनले विरोधी टिमका कप्तान कोहलीको हातमा बल फालेका थिए।

तर कोहलीले क्याच गर्न सकेनन्। यो कप्तान कोहलीको पहिलो गल्ती थियो, जो उनको टिमका अरु कोही खेलाडीले गरेका थिए भने उनको अनुहारमा आगो झल्कन्थ्यो शायद।

अब यसलाई संयोग भन्ने या गल्ती सुधार्ने मौका जो लगत्तैको ओभरमा बैंगलोरलाई प्राप्त भयो । ओभर थियो १८ औँ र यसपटक बल थियो नवदीप सैनीको हातमा।

ब्याट एकपटक फेरि केएल राहुलको हाथमा थियो। नवदीव सैनीको हातबाट निस्केको बल ब्याटलाई चुमेर फेरि विराट कोहलीको हातमा गइरहेको थियो।

तर कोहलीले फेरि गल्ती दोहोर्‍याए जो उनले डेन स्टेनको ओभरमा गरेका थिए । कोहलीले क्याच गर्न सकेनन् र केएल राहुललाई लगातार दुई ओभरमा जीवनदान मिल्यो।