अमेरिकी ट्रम्प प्रशासनको प्रतिबन्धमा रोक लगाउन टिकटकको उजुरी

लोकप्रिय भिडियो साझा गर्ने एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगाएको प्रतिवन्धमा रोक लगाउन अमेरिकाका एक न्यायाधीशसमक्ष आग्रह गरेको छ । टिकटक र उसको माउ कम्पनी बाइट डान्सले वासिंटनको संघीय अदालतमा दायर गरेको उजुरीमा यो उल्लेख गरिएको छ ।

अमेरिकाको वाणिज्य विभागले सेप्टेम्बर २०बाट वीच्याट र टिकटकको उपयोग गर्न अमेरिकामा प्रतिबन्ध लगाएको हो ।

यो प्रतिबन्ध राजनीतिक अभिप्रेरित भइ लगाइएको यसले कानुनको उल्लंघन गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

यस विषयमा रोयटर्सले ह्वाइटहाउससँग प्रतिक्रिया लिन खोजेकोमा अहिलेसम्म कुनै जानकारी नदिइएको हो ।

टिकटकले यो प्रतिवन्धले आफ्नो व्यवसाय ध्वस्त पार्ने जनाएको छ ।