स्थानीय तह कर्मचारी संघ नेपाल जिल्ला कार्य समिति सिन्धुलीको संयोजनमा कमलामाई नगरपालिकामा कार्यरत स्थानीय कर्मचारीहरुको आजको एक भेलाले इन्जिनियर आस्तिक बरालको अध्यक्षतामा १५ सदस्यीय ईकाई समिति गठन गरेको छ ।

स्थानीय तह कर्मचारी संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीको आतिथ्यतामा भएको भेलालाई प्रमुख अतिथीका श्रपमा सम्वोधन गर्दै कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले अधिकारसँगै कर्तव्यलाई पनि ख्याल गरेर अगाडी बड्न सुझाव दिनुभएको थियो ।

उहाँले पेशागत इमान्दारिता, जिम्मेवारी र कर्तव्यसँगै अधिकार पनि जोडिएर आउने भएकाले त्यसलाई सबैले मनन गर्न पनि आग्रह गर्नुभएको थियो । कमलामाई नगरपालिकाका तर्फबाट कर्मचारीको हक र अधिकारका प्राप्तीका लागि आवश्यक सबै सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।












