पाँच दिनअगाडि जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १९ औँ अनसन सुरु गरे। अनसन बसे पनि डा. केसीले बिरामी जाँचिरहेका गरेका केही तस्बिर समाजिक सञ्जालमा भाइरल भए।
उक्त तस्बिरमा डा. केसीले बालिकालाई जाँचिरहेका छन्। बालिका जन्मजात बाँङ्गो हिँड्थिन्। जुम्लामा हाडजोर्नीको डाक्टर आएको थाहा पाएपछि बालिकाकी आमा छोरीलाई बोकेर एक दिनको यात्रा गरेर डा. केसीसम्म पुगेकी थिइन्। डा. केसी बालिकालाई जाँचेपछि भनेका थिए, ‘मेजर अप्रेशन गर्नु पर्छ। त्यसका लागि काठमाडौँ वा जुम्लामै तपाईको छोरीको जस्तै केश हेरका डाक्टरसँगै शल्यक्रिया गर्नु पर्छ। ठिक हुन्छ।’
तर बालिकाकी आमा अन्य डाक्टर खोज्नुको साटो छोरीको खुट्टा ठिक बनाउन डा. केसीको अनशनको तोडिएको दिनको पर्खाइमा घर फर्केकी छन्।
छोरीको खुट्टा बिसो बनाउन उनले अझै कति दिन कुर्नु पर्ने हो न उनलाई थाहा छ, न डा. केसीलाई नै थाहा छ।
तर अहिले भनेको उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि बिरामी जाँच्न रोक लगाइएको छ।







