आज महेन्द्रदेव श्रेष्ठको २२ औँ स्मृती दिवस पेरिसडाँडामा मनाइंदै

माओवादी आन्दोलनका एक निडर योद्धा महेन्द्रदेव श्रेष्ठको २२ औँ स्मृती दिवस नेकपाको मुख्यालय पेरिसडाँडामा मनाइंदै छ । हो । २०५५ साल असोज ४ गते आजकै दिन उदयपुर जिल्लाको खोक्सामा निर्मम र कायरतापूर्ण तबरले नियन्त्रणमा लिई हत्या भएको थियो ।
स्मृती दिवसका अवसरमा सत्ताधारी दल नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा काठमाडौंमा आज दिउँस २ बजे समृती दिवस आयोजना गरिएको जेठा छोरा क्षितिज श्रेष्ठले जानकारी दिए ।
महेन्द्र श्रेष्ठसँगै जनयुद्धमा होमिएका नेताहरु सिपी गजुरेल, हरिबोल गजुरेल, मोहनचन्द्र गौतम ९कुमार०,शेरमान कुँवर ९बिशाल०, इश्वरी दाहाल (असारे काका) गंगा नारायण श्रेष्ठ, महेन्द्र श्रेष्ठ, खड्ग देवकोटा, कमलप्रसाद देवकोटा, शान्तिमान कार्की, सोनामसिं स्यांतान, उमा देवकोटा लगायत सयौँ सचेत नेतृत्वहरु थिए । धेरै नेताहरुले युद्धकै क्रममा देश र जनताको निम्त आफ्नो प्राँण उत्सर्ग गरे भने बाँकी केही नेताहरु अहिले छिन्न भिन्न भई बिभिन्न पार्टीमा क्रियाशील छन् ।