असोज ५ गतेबाट विद्यालय खुल्ने

पाल्पाको रैनादेवी छहरा गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई सामाजिक दूरी कायम गराई विद्यार्थीलाई पायक पर्ने स्थानमा पढाउन थालिएको छ फोटोः रासस

लामो दुरीका सार्वजनिक यातायात असोज ५ गतेबाट मात्र सञ्चालनमा आउने भएका छन् । भदौ मसान्तसम्म बन्द गर्ने यसअघिको निर्णय पुरावलोकन गर्दै सरकारले असोज ५ गतेबाट लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज ५ गतेबाट लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए। कोरोनाका कारण लकडाउन भएयता लामो दुरीका सार्वजनिक यातायात संचालन हुन सकेको छैन । आन्तरिक हवाइ उडान पनि असोज ५ बाट नै सुरु हुनेछन्।

बैठकले विद्यालय तथा फिल्म हललगायतका बढी भीड हुने बाहेकका अन्य क्षेत्रलाई सुरक्षाका योजना बनाएर असोज ५ गतेबाटै सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ। यसो हुँदा ग्रामीण क्षेत्रका विद्यालय खुल्ने सम्भावना छ ।