सुनकोशी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

सिन्धुली: चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको  झाँगाझोली रातमाटामा रहेको सुनकोशी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ ।

एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्ध गरेर  क्रान्तिकारी  कृष्ण भण्डारीको नेतृत्वमा प्यानल नै बनाएर मंगलबार मनोनयन दर्ता गरेको थिए । भने नेविसंघले सभापतिका उमेद्वार पृथ्वी विक्रम थापाको मात्रै मनोनय दर्ता गरेको थियो । हिजो मंगलबार नै अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उमेद्वार बनेका सभापति बाहेक सबै निर्विरोध निर्वाचि भएको क्याम्पसले सूची प्रकाशित गरेको थियो ।

तर सञ्चालक समितिको निर्णय बेगर निर्वाचनको प्रक्रिया अगाडि बढाइएको भन्दै एमाले नेता समेत रहेका क्याम्पस सञ्चालक समिति अध्यक्ष रोमन राज गिरी (अशोक) ले सूचना जारी गरेर निर्वाचन रोकेका छन । अध्यक्ष गिरीले  विद्यार्थीहरूवाट निर्वाचन समिति गठन गरी आवश्यक निर्णय प्रक्रिया पूरा गरेर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेकाले तत्कालको लागि निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको जनाकारी दिए ।

यसैबीच स्थानीय पार्टी कमिटीको सल्लाह बिना जिल्ला पार्टी नेतृत्वले स्ववियू भागवण्डा गरेको प्रति असहमति जनाउँदै अध्यक्ष गिरीले उक्त निर्णय गरेको थाहा लागेको छ । स्थानीय नेता कार्यकर्ताको मनोबल गिराउनेगरी स्ववियू निर्वाचनमा गरिएको तालमेल गलत भएको भन्दै सुनकोशीका नेताहरुले आलोचना गरेका छन् ।