सिन्धुली: कालिका माध्यमिक विद्यालय जाने बाटो बिगत तीन महिनादेखी अबरुद्ध भएको छ । तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित लंगुर छबिसे स्थित कालिका माध्यमिक विद्यालय जाने सडक स्थानीय बासिन्दा एवम् राष्ट्रिय स्वतन्त्र पार्टी नेता भनिने पवन कुमार रखालले तीन महिना देखी बन्द गराएको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको छ ।
स्थानीय बासिन्दा र विद्यालय व्यवस्थापन समितिले पटक पटक नेपाल सरकारको लागनीमा निर्माण भएको उक्त सडकलाई अबरुद्ध गर्न पाइदैन भनिरहेपनि रखालले कुनै पनि अबस्थामा आफूले बन्द सडक नखोल्ने बताउँदै आएका छन् ।
प्राप्त बिबरण अनुसार स्थानीय छिमेकी बासिन्दासँगको व्यक्तिगत इविका कारण तीनपाटन गाउँपालिकाको रास्वपा नेतासमेत दाबीे . गर्ने रखालले विद्यालय तर्फ जाने सडक दुई तर्फी रुपमै बन्द गरिदिएको बताइएको छ ।
बाटो भन्द भएको यतिको लामो दिन बितिसक्दा पनि बन्द गराइएको बाटो खुलाउने तर्फ कुनै पहल नभएको विद्यालयका प्रधानाध्यापक कृष्ण बस्नेतले बताए ।
‘हामीले बाटो बन्द गरिएपछि वडाध्यक्षज्यूलाई भन्यौं, शिक्षा शाखामा पनि जानकारी गरायौं, वडाध्यक्ष आएर एक पटक सबै गाउँले बोलाएर छलफल पनि गराउनु भयो, तर बोटो बन्द गराउने व्यक्ति टसमस हुनुभएन’ प्रअ बस्नेतले अगाडि भने ।
बाटो बन्द भएर विद्यार्थीहरुलाई निकै अप्ठेरो भएको बताउँदै उनले सामान्य विषयलाई लिएर विद्यालय आवतजावत गर्ने सडकनैं बन्द गरिनु दुखद हो, यसलाई सहजिकरण गरेर बन्द बाटो खुलाउन आग्रह गर्दछु, उनले भनेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु कटुवाल स्थानीय वासिन्दाकै विद्यलाय भएको बन्द गरिएको सो बाटोमा आवत जावत गर्ने विद्यार्थी अर्थात उहाँहरुकै छोराछोरी भएकाले पनि तत्कालै खोलिनुपर्ने बताउँछन् । उनी विद्यालय जाने बाटो खुलाउन स्थानीय जनप्रतिनिधी र पालिका प्रमुख एवम् उपप्रमुखले चासो नदिएको दाबी गरे । मैंले त पटक पटक बन्द बाटो खुलाउने प्रयास गरें, तर सकिएन । व्यक्तिकै जग्गामा बाटो बनेपछि मैंले रोक्न मिल्दैन भनेर पटक पटक भनेको छु । उनले बुझ्नु पर्छ कि, त्यो विद्यालय मेरो पनि हो र त्यहाँ पढ्नेहरु बेरा वालवालिका हुन् । तर उनीमा त्यस्तो देखिएन, कटुवालले भने । वालवालिका शान्ति क्षेत्र हुन्, उनीहरुलाई निर्वाध रुपमा विद्यालयमा आवत जावत गर्ने सहज वातावरण निर्माण गर्न सबैको सकारात्मक पहल जरुरी देखिएको बताउँदै उनले गाउँपालिका यस विषयमा मौन बसेको आरोप लगाए ।बाटो बन्द भएको लामो समय बितिसक्दा पनि स्थानीय सरकार र स्थानीय प्रशासन मौन बसेपछि जनआक्रोस् बढ्न थालेको छ । -यो समाचार आजको सन्देश जनप्रियले प्रमुखताका साथ प्रकाशन गरेको छ ।










