युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा इटाली विजयी भएको छ।
समूह ए वानमा रहेको इटाली पहिलो खेलमा बराबरीमा रोकिएको थियो । सोमबार राति भएको दोस्रो खेलमा भने उसले नेदरल्याण्डसलाई १–० ले पराजित गरेको हो ।
इटालीको जितमा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा निकोलो बारेलाले हेड मार्फत गरेको गोल नै निर्णायक बन्यो । माइज किनले गोल गरेर अग्रता दोब्बर पार्ने मौका गुमाए ।
समूह ए वानकै पोल्याण्डले बोसनिया–हर्जगोविनालाई २–१ ले पराजित गरेको छ ।
लिग अन्तर्गत सोमबार राति भएका अरु खेलमा बेलारुसले काजखस्तानलाई २–१, लिथुवानियाले अल्बानियालाई १–०, रोमानियाले अस्ट्रियालाई ३–२, नर्वेले उत्तरी आयरल्याण्डलाई ५–१ तथा स्कटल्याण्डले चेक गणतन्त्रलाई २–१ ले पराजित गरेका छन् ।










