स्पेनको शानदार जितमा आन्सु फातीले बनाए कीर्तिमान

आन्सु फातीले ९५ वर्षदेखि कायम रहेको कीर्तिमान भंग गरी स्पेनको राष्ट्रिय टिमबाट गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका छन् ।

युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले युक्रेनमाथि ४–० को जित दर्ता ग¥यो । ३२ औँ मिनेटमा गोल गरेका बार्सिलोनाका फातीले कीर्तिमान बनाए ।

उनी १७ वर्ष ३११ दिनको उमेरमा गोल गरेर स्पेनको राष्ट्रिय टिमबाट गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका हुन् ।

च्याम्पियन्स लिग फुटबलको इतिहासमा पनि सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान कायम गरेका फातीले गएको बिहीबार जर्मनीसँगको १–१ को बराबरी भएको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरी पछिल्लो ८४ वर्षमा सबैभन्दा कम उमेरमा राष्ट्रिय टिमबाट खेल्ने कीर्तिमान पनि बनाएका थिए ।

यसअघि स्पेनको राष्ट्रिय टिमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान ख्वान एराज्क्वीनको नाममा थियो, उनले सन् १९२५ मा स्वीट्जरल्याण्डविरुद्ध १८ वर्ष ३४४ दिनको हुँदा गोल गरेका थिए ।