आइसोलेसन निर्माणमा जस लिने होडबाजि पछि सामाजिक सञ्जालमा बढ्यो आलोचना

सिन्धुलीमा कोरोना संक्रमितको उपचार गर्नको निम्ति अहिले आइसोलेसन निर्माण भै रहेको छ । कमलामाई नगरपालिका ६ शिवनगरमा ५० वेडको आइसोलेशनको भवन निर्माण कार्य दु्रत भै रहेको छ ।

तर आइसोलेसन भवनको निर्माण कै चरणमा छ । यहाँ जस लिने होडबाजि चलेपछि सामाजिक सञ्जालमा यसको आलोचना भने बढ्दो अवस्थामा रहेको छ । आइसोलेसन निर्माणमा जस लिने होडबाजि चलेपछि सामाजिक सञ्चालमा आएका केही प्रतिक्रिया यस्तो रहेको छ ।

कृष्णहरी घिमिरे लेख्नुहुन्छ : माफ गर्नु होला : प्रति घन मिटर १०००/- रुपैँया मा ५० बेडको आइसुलेशन बनाउन ठेक्का । प्रदेश सांसदहरु, नपा प्रमुख, गाउँपालिका प्रमुख, रेड्क्रस, अस्पताल सबै जस लिन होड्बाजी । प्रदेश सरकार, नपा/गापाबाट श्रोत लगानी । त्यो खल्तीको हैन होलानी । नागरिकले तिरेको कर नै होला हैन र । कुरी कुरीनै भएन र ।

बरुण लामिछाने लेख्नुहुन्छ :  आईसोलेसन हस्पिटल कोरोनाका संक्रमितहरुलाई राख्न बनाइएको हो। कोरोनाका संक्रमित बढाउन होइन होला। निश्चित ठेकेदार, आबश्यक कामदार र समितिका सम्बन्धित र जिम्मेवार ब्यक्तिहरु बाहेक अरुको जम्घट आबश्यक होर? लकडाउनमा फोटोसेसन गर्न किन जम्मा हुने? सुचना अनुसार कोरोना पोसेटिभ प्रमाणितहरु पनि अस्ति त्यतै जामघट भाथे रे?
सम्बन्धित ब्यक्ती र निकायको ध्यान जावोस

शान्तिमान कार्की लेख्नुहुन्छ : जिल्लामा चलेको दररेट भन्दा महंगोमा आईसोलेसन भवन निर्माणको ठेक्का दिएपछि के को श्रमदान होला?गोयबल्सले झै जनताको आखामा छारो हाल्ने प्रचार हजम हुन्छ ? यति कुरा बुझ्ने हैसियत त सबैले राख्छन होला नि!

तपाईले गोयबल्स भनेको बुझनु भएको छैन भने संजयकुमार दाहालले यसरी लेखिदिनु भएको छ ।

संजयकुमार दाहाल लेख्नुहुन्छ  :  #गोयबल्स_शैली अहिले निकै चर्चामा रहेको शव्द हो गोयबल्स शैली । आखिर कहाँ बाट आयो त यो शब्द ? नेपालको राजनैतिक क्षेत्र देखी मिडिया क्षेत्रमा गोयबल्स शैली हावी भयो भन्दै बेला बेलामा निकै चर्चामा आउने गरेको छ।

बिसौं शताब्दीको चौथो दशकमा हिटलरकालिन एकजना संचारमन्त्री थिए जसको नाम जोशेफ गोयबल्स थियो । उनको के मान्यता थियो भने कुनै पनि कुरालाई सैयौं चोटी दोहोर्याएर भनियो भने झुठ नै भए पनि त्यो सत्य ठहरिन्छ ।

कुरा नोभेम्बर १९४० को हो, हिटलर एउटा समारोहमा आफ्नो भाषणलाई बिचमैं रोकेर बाहिरिए । लगत्तै नैं परिसरमा बिष्फोटन भयो । जसमा परेर उनको आफ्नै नाजी पार्टीका समर्थक अनि धेरै कार्यकर्ताहरु पनि मारिए । हिटलरले भने यो घटनालाई यसरी ब्याख्या गर्दै सहानुभूति जताए, “नियतिले मलाई बचायो । सायद इश्वरको यहि इच्छा छ कि म आफ्नो मिशनलाई पुरा गरूँ ।”

यद्दपि बिष्फोटनको गुरुयोजना हिटलर कै निर्देशनमा तय गरिएको थियो । बिष्फोटनबाट आफु बल्ल बल्ल बाँचेको देखाएर जर्मन जनताको सहानुभूति बटुल्ने योजना बमोजिम गरिएको यो षड्यन्त्रलाई संचारमन्त्री जोशेफ गोयबल्सले हिटलरलाई देवत्वकरण गर्दै उनले व्यक्त गरेको “नियतिले मलाई बचायो ” भन्ने महाबाणीलाई सैयौं चोटी आफु नियन्त्रित संचार माध्यममा प्रसारण गरे । नभन्दै त्यो सफल पनि भयो । जर्मनमा हिटलर सांचै नै भगवान नै हुन् कि भन्ने एक खालको भावना त्यस घटनाले जागृत गरायो

बसन्त न्यौपाने लेख्नुहुन्छ : जिल्लामा चलेको दररेट भन्दा महंगोमा ( प्रती घनामिटर 1000 ) आईसोलेसन भवन निर्माणको ठेक्का दिएपछि के को श्रमदान होला? तै पनि बेल्चा उठाउने र ढुंगा बोके जस्तो गर्नेहरुको भिड छ । गोयबल्सले झै जनताको आखामा छारो हाल्ने प्रचार हजम हुन्छ र अहिलेको सुचना प्रबिधिको युगमा ? नायक त ती हुन जसको करको पैसा यहाँ सदुपयोग हुँदै छ । सस्तो प्रचारबाजी धेरै नगरौंन, कोरोनाको कहर छ अलि संयमित बनौं बरु ।

कमल पोख्रेल लेख्नुहुन्छ : ने क पा को दुई विद्यार्थी नेताको भनाई ले कुरो बुझ्न सहज गराउदै छ, यो महामारीमा जुहारी खेल्दै एकले देउता को पगरी भिराउने, अनि अर्को थरिले ख्युईल्याउने रङ्गमन्चको कलकार झै बन्दैछ्न नेता जि।यसर्थ नेताको साख र गरिमा लाई जोगाउदै सम्मान गर्दै सेल्फी खिच्नको भिड जम्मा गरेर कोरोना लाई निम्तो दिने चेस्टा नगरेको बुद्धिमता हुनेछ।

आजिवन प्रतिपक्ष लेख्नुहुन्छ : जब कि यो कोरोना भन्ने जिज छिमेकी जिल्ला भन्दा ३ जिल्ला पर आयो रे भन्दा।यहाँ सकिनै सक्यो भनेर ट्याङ्कर को ट्याङ्कर औसधि रोड रोड मा झर्कने।हामी फ्रन्ट लाईन मा खटिएर कोरोना निर्मुल पार्छौ भन्ने।आज यहि कोरोना देखियर बिरामी उपचार गर्ने ठाउँ समेत नहुदा आबश्यक संरचना बनाउनु पर्छ भन्दा तेरो र मेरो भनेर कित्ता काट गरेको देख्दा नि उदेक लाग्छ हो।

सागर कुमार ढकाल लेख्नुहुन्छ : अाईसाेलेसन सेण्टर निर्माणकाे कुराे

१. अंग्रेजीका दुईवटा शब्दहरु quick win र name dropping काे खासै नेपाली शाब्दिक अर्थ त छैन तथापी बुझ्न सकिनेगरि भन्नु पर्दा पहिलाे शब्दले “गरिहालाै देखाईहालाै ” र दाेश्राले चैं ” नाम जपाउने काम” भन्ने बुझिन्छ । हाल सिन्धुलीमाढीमा निर्माणाधीन अाईसाेलेसन सेन्टरकाे सन्दर्भमा यी दुबै शब्दहरु छताछुल्ल भै रहेकाे छ ।

२. अाईसाेलेसन सेन्टर अहिलेकाे अावश्यकता हाे तर क्विक विन शैलीमा निर्माण हुनुले कत्तिकाे परिणाम देला भन्ने पनि उत्तिकै छ । हामी भर्खर भवन बनाउँदै छाै र भन्दै छाै “१५ दिनमा सक्छाै” । अाईसाेलेसन सेन्टरमा अाबश्यक विशेष प्रणालीहरुकाे जडान र यसकालागी विभिन्न उपकरणहरुकाे खरिद, प्राप्ती र रिजिग ( Rejig) काे काम नै निकै समय लाग्ने हुन्छ । याे बिचमा सिन्धुलीमा काेराेनाकाे सिम्प्टम्याटिक बिरामीहरुकाे संख्या उच्च भै दियाे भने उनीहरुलाई कसरी र कहाँ ब्यवस्थापन गर्ने भन्ने जटिल अवस्था तिर हामीले के साेचेका छाै हाेला?

३. अाईसाेलेसन सेण्टर निर्माणकाे क्रममा फेसबुकका कतिपय भित्ताहरुमा खास खास ब्यक्तिहरुलाई जस दिलाउन खाेज्ने गरि name dropping का कामहरु छताछुल्ल भएका छन् । ठुला, साना सबैकाे सहयाेगमा अनी याे विषम घडिमा बडाे यत्न र उपायबाट काम भै रहेकाे कुरामा दुई मत छैन । अहिलेकाे name dropping ले त त्यसरी गरेकाे कामलाई पनि कुनै स्वार्थसँग जाेडिएकाे पाे छ कि जस्ताे भान दिलाएकाे छ । त्यसैले ब्यक्ति बिशेषकाे name dropping काे कामलाई राेकाै ।

४. स्राेत उपलब्धता र निकटताकाे पक्षबाट बुझ्दा भाेलीका दिनमा अाईसाेलेसन सेन्टरकाे दिगाे ब्यवस्थापन गर्ने अभिभारा कमलामाई नगरपालिका कै हुनेछ र हुन्छ नै । अहिलेसम्म कमलामाई नगरपालिकाले नगरकाे मुटुमा रहेकाे खाली क्षेत्र उपलब्ध गराउनु, निशुल्क प्राबिधिक सहयाेग उपलब्ध गराउनु, हेभी ईक्विपमन्टकाे अाबश्यकता पुर्ती गराउनु र केही नगद सहयाेग उपलब्ध गराउने काम त सांकेतिक मात्र हाे । भाेलीका दिनमा अाईसाेलेसन सेण्टरमा अाईपर्ने अाकस्मिक अावश्यकता पुर्ती गर्ने काम, अाईसाेलेसन सेन्टरबाट निस्कने बायाे हजार्डस् र भाईरल बेकार बस्तुहरुकाे बिसर्जन गर्ने गराउने जटिल र खर्चिलाे काम पनि कमलामाई नगरपालिका नै हाे । पानी, बिजुली र केही सहयाेगी स्टाफहरु उपलब्ध गराउन पनि भाेलीका दिनदेखि नै कमलामाई नगरपालिकाकै जिम्मामा अाउँछ । त्यसैले संस्थाकाे name dropping कार्य गराै ।

आदि ।

उल्लेखित प्रतिक्रिया बाहेक अरु थुप्रै व्यक्तिले जस लिने होडबाजिको आलोचना गर्नु भएको छ । आइसोलेसन निर्माण, यसको दिगोपनाका सवालमा फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् । यसका साथै आइसोलेसन निर्माणका लागि आवश्यक सहयोग गर्न समेत अपिल गरेका छन् । ढिलै भए पनि बन्दै गरेको आइसोलेसन भवनले कोरोना संक्रमितको उपचारमा सहयोग पुग्नेछ । भवन वनाउन जस लिने भन्दा पनि निर्माण गरि चाडै सञ्चालन गर्न तर्फ सवै लाग्नु आवश्यक छ ।-सरोकार खबरबाट