अर्जुन श्रेष्ठको गठबन्धन समूह चुनाबी अभियानमा

सिन्धुली उद्योग वाणिज्य संघको आगामी फागुन २७ गते हुने १५ औं जिल्ला अधिवेशनका लागि अर्जुन कुमार श्रेष्ठको नेतृत्वमा रहेको (नेपाली कांग्रेस र माओवादी केन्द्र) समूहले आफ्नो चुनावी अभियान थालेको छ ।

केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी समर्थक व्यापारीहरुले गठवन्धन गरी संयुक्त प्यानल बनाएर चुनाबी अभियानमा लागेको हो ।

श्रेष्ठको प्यानलमा बिरबल चौधरी वरिष्ठ उपाध्यक्ष, रामकुमार राज भण्डारि उपाध्यक्ष (बस्तुगत), बासुप्रसाद भेटवाल महासचिव, युवराज श्रेष्ठ (आकाश) उपमहासचिव, सृजना श्रेष्ठ सचिव (महिला) पदका उम्मेदवार छन् भने कार्यसमिति सदस्य पदका उम्मेदवारहरू रामचन्द्र पौडेल, रामकुमार बिस्वकर्मा, हिमेश श्रेष्ठ, संजय शाह र राजकुमार श्रेष्ठ रहेका छन् ।