पत्रकार बानियाँको पशुपति आर्यघाटमा अन्त्येष्टि

रहस्यमय मृत्यु भएका पत्रकार बलराम बानियाँको बिहीबार पशुपति आर्यघाटमा अन्तिम अन्त्येष्टि गरिएको छ।

बानियाँको  शव मंगलबार मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परे पनि बुधबार मात्र सनाखत भएको थियो। कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ संवाददाता बानियाँ सोमबारदेखि बेपत्ता थिए।

बल्खुस्थित बागमतीमा नदी किनारमा हिँडिरहेको बेला उनी एक्कासी खोलातर्फ पसेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा खोलामा पस्नुअघि उनी मदिरा सेवन गरी अनियन्त्रित अवस्थामा देखिएका थिए।