जगदम्बा स्टिलमा कार्यरत ६ जना कोरोना संक्रमित मजदुर फरार भएका छन्।
काराखानामा कार्यरत रहेका मजदुरहरुको पिसिआर टेष्ट गरिएकोमा ६ जना सँक्रमण पुष्टि भएका कामदारहरु सम्पर्क बिहीन भएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।
काराखनामा कार्यरत रहेकै बेला स्वाब सँकलन गराएका कामदारहरु रिपोर्ट आउनु भन्दा अगावै कारखानाबाट फरार भएको उनले बताए ।ती कामदारहरु भारतीय भएको हुन सक्ने भन्दै भारतमा पनि उनीहरुको बारेमा खबर गरिसकिएको मिश्रले बताए।
काराखानामा स्वाब सँकलन गराई रिपोर्ट आउनुभन्दा अघि नै संक्रमितहरु आफनो घर गइसकेका रहेछन्,मिश्रले भने, ‘अहिले सम्पर्क बिहिन छन्। भारतका कामदारहरु पनि हुन सक्ने भएकाले भारततिर पनि खबर गरिसकिएको छ।’
’गत साउन २५ गते जगदम्बा स्टिलले काराखानामा कार्यरत रहेका एक सय २३ जना कामदारहरुको पिसिआर टेष्ट गराएको थियो।जसमा ११ जना कामदारहरुमा कोरोना सँक्रमण पुष्टि भएको थियो।
संक्रमित कामदारहरु फरार भएपछि स्थानीयबासी र राजनितिक दल,स्थानीय वडाका जनप्रतिनिधी लगायतले थप सँक्रमण फैलिन सक्ने भन्दै कारखानालाई सिल गर्न अनुरोधसमेत गरेका थिए।सोही अनुरोधलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले जगदम्बा स्टिललाई सिल गर्न र फरार भएका सँक्रमित कामदारहरुको वतन,सम्पर्क नम्बर लगाउन निर्देशन दिएको छ।
बिहीबार एक सूचना जारी गर्दै फरार भएका संक्रमितको पता लगाई आईसोलेशनमा राख्ने व्यवस्था मिलाउन तथा उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको विवरण दुई दिनभित्र सार्बजनिक गर्न निर्देशन दिएको छ।