
नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालभरका विभिन्न प्रयोगशालाहरुबाट ९ हजार ५ सय ५९ जनाको नमूना परीक्षणमा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।
२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ ।










