पर्साका सीडीओ र सहायक सीडीओको सरुवा

गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको सरुवा गरेको छ।

मन्त्रालयका अनुसार कार्कीलाई गृह मन्त्रालय र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय ललितपुर सरुवा गरिएको छ।

हाल धादिङको प्रमुख जिल्ला अधिकारी रहेका अस्मान तामाङलाई पर्साको प्रजिअ बनाएर पठाइएको छ भने सहायक प्रजिअमा वेद अर्याललाई पठाइएको छ।