नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ  भने मृत्‍यु हुनेको संख्या ९१ पुगेको छ। यसका साथै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर १६ हजार ७ सय २८ जना घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६४ जना डिस्चार्ज भएको स्वास्थ्‍य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्‍य मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्लेजुङका १, सप्तरीका ५, सिरहाका १०, धनुषाका ३९, महोत्तरीका ४४, गोर्खाका २, नुवाकोटका २, सर्लाहीका ६, बैतडीका २, चितवनका १५, तनहुँका २, बाराका १५, मकवानपुरका १६, दोलखाका २, काभ्रेका ५, कैलालीका ३ र पर्साका ३ जनामा कोरोना पुष्टि छ।

यस्तै सिन्धुलीका २, बाँकेका १, दाङका १, ओखलढुङ्गाका १, रामेछापका १, जाजरकोटका १, कपिलवस्तुका १,  खोटाङका १, पाल्पाका १, धादिङका २, कास्कीका १३, स्याङ्जाका ६, अर्घाखाँचीका ३, रुपन्देहीका ८, रुकुमका ३, सल्यानका १, सुर्खेतका १८, दैलेखका ४, डोटीका २, दार्चुलाका ५ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै प्रदेश-१ मा  ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४५ जना कोरोना संक्रमणमुक्त रहेका छन्। साथै ६ जनाको कोरोनाकै कारण मृत्‍यु भएको छ।

यस्तै प्रदेश-२ मा ३ हजार ४ सय ५७ जनामा कोरोना संक्रमित भएका छन् भने ३ हजार १ सय १७ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन्। साथै ५० जनाको कोरोनाकै कारण ज्‍यान गएको छ।

यस्तै बागमती प्रदेशमा १ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय २५ जान कोरोना संक्रमण मुक्त एर घर फर्किएका छन्।  साथै १७ जनाले कोरोनाकै कारण ज्‍यान गुमाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  १ हजार ४ सय ८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। साथै ६ जनाको कोरोनाकै कारण ज्‍यान गएको छ।

यस्तै प्रदेश-५ मा ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार १ सय ९५  जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।  साथै १२ जनाले कोरोनाकै ज्‍यान गुमाउनु परेको छ।

यस्तै कर्णाली प्रदेशमा २ सय २० जनामा कोरोना संक्रमण,   १ हजार ९ सय २ जना कोरोना संक्रमणमुक्त र ५ जनाको मृत्‍यु भउको स्वास्थ्‍य मन्त्रालयले जनाएको छ।

यस्तै सुदूरपश्‍चिम प्रदेशमा ८ सय ९४ जना कोरोना संक्रमित, ४ हजार ५८ जना कोरोना संक्रमणमुक्त र ७ जनाको मृत्‍यु भएको छ।