
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। मुखर्जीले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।
फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनले ट्वीटमा जानकारी दिएका हुन् ।

उनले पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा बसी कोरोना भाइरसको परीक्षण गर्न आग्रह समेत गरेका छन् ।
Pranab Mukherjee@CitiznMukherje
On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today. I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee1:22 PM · Aug 10, 202017.3K