न्यायाधीशमा कोरोना संक्रमण, ४० जनाको नमूना संकलन गरिँदै

जिल्ला अदालत मोरङका एक न्यायाधीशलाई कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।

सोमबार अदालतका न्यायाधीशलाई संक्रमण पुष्टि भएसँगै करिब ७२ घण्टाका लागि अदालतको कामकार्वाही ठप्प भएको अदालतका सूचना अधिकारी यूवराज पौडेलले जानकारी दिए।

पौडेलका अनुसार आइतबार संक्रमणको आशंकामा न्यायाधीशको स्वाब नमूना संकलन गरिएको थियो। उनमा संक्रमण पुष्टि भएसँगै अदालतमा संक्रमित न्यायाधीशसँग सम्पर्कमा रहेका ४० जनाको स्वाब नमूना संकलन गरिने पौडेलले जानकारी दिए।

उनका अनुसार सोमबार ७ जनाको स्वाब नमूना संकलन गरिएको र बाँकी ३३ जनाको मंगलबार संकलन गरिनेछ।

अदालतमा हाल एक जनामात्र न्यायाधीश कार्यरत रहेको र उनको आइतबार स्वाब संकलन गरिएसँगै अदालतको काम प्रभावित भएको छ।

अदालतमा आठ जना न्यायाधीश भएपनि हाल ७ जना विराटनगर बाहिर रहेका सूचना अधिकारी पौडेलले जानकारी दिए।